‘राष्ट्रिय मुद्दाका विषयमा दलबीच सम्झौता र सहमति आवश्यक’  « Khabarhub

‘राष्ट्रिय मुद्दाका विषयमा दलबीच सम्झौता र सहमति आवश्यक’ 


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् ।

सञ्चार डबलीद्वारा आज यहाँ आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले नयाँ दलको आगमनसँगै अरु दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताए । उनले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे । 

महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन, जडीबुटीको सम्भावना उच्च रहेकाले पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे)ले दुर्गम जिल्ला हुम्लामा लुकेका पर्यटकीय गन्तव्यलाई पहिचान गरी पशुपालन, जडीबुटीलगायत जिल्लाको समग्र विकासका लागि जिम्मेवारी बहन गर्नेमा प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ५२ बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग