नगरपालिकाद्वारा नेहा र निहारिकासँग क्षतिपूर्तिको माग « Khabarhub

नगरपालिकाद्वारा नेहा र निहारिकासँग क्षतिपूर्तिको माग


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जिल्लाको रामगोपालपुर नगरपालिकाले नेहा चौधरी र निहारिका सिंह राजपुत विरुद्ध रु पाँच लाखको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएको छ ।

नेहा चौधरीलाई पति डा पंकज चौधरीको घरमा प्रवेश गर्न नदिन आफूमाथि भूमिका खेलेको आरोप लगाउँदै नेहा र निहारिकाले आन्दोलन गराएको नगरप्रमुख रामदुलार साहले आरोप लगाएका छन् ।

नेहा र निहारिकाले नगरपालिकामाथि ढुङ्गामुढा, तोडफोड र आगजनी गराएर रु पाँच लाखको क्षति पु¥याएको भन्दै नगरप्रमुख साहले दाबी क्षतिपूर्ति भराउन निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई विज्ञप्ति बुझाएका हुन् ।

ताल्चा लागेको घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् । नेहा तथा उनका सहयोगीले आफूमाथि नेहाका सासू, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै मङ्सिर २८ र २९ गते नगरपालिका भवनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको नगरप्रमुख साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले आज त्यस सम्बन्धमा बैठक बसेर सत्यतथ्य जाँचबुझ र अगाडिको कदमबारे निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ३३ बजे

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई