सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति « Khabarhub

सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै रहेको नौधनको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ ।

ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई÷दुईतले घरसहित घरमा रहेका सबै धनमाल जलेर नष्ट हुँदा भक्तबहादुरको रु ३१ लाख तथा नौधनको रु ११ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ५० बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले