नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन  | Khabarhub Khabarhub

नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन 


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाखमा बागलुङ नगरपालिका-९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्न थालिएको छ । 

वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवर्द्धनका लागि १० लाख खर्च गरिनेछ । 

‘तित्याङमा यस वर्ष १० लाखको सुन्तला प्रवर्द्धन र रु १० लाखकै तरकारी खेती प्रवर्द्धनका लागि काम गरिनेछ’, उनले भने, ‘यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ ।’

पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकै खेती प्रवर्द्धन गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवद्र्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताए । 

‘तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन सकेको छैन’, उनले भने । पछिल्लो समय तित्याङमा  सुन्तला खेतीमा विस्तार भइरहेको छ । तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यस वर्ष १० लाख खर्च गरिनेछ । 

संघीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवर्द्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ ।  

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  २ : ०७ बजे

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला– दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको