लमही-घोराही-तुलसीपुर चार लेन सडक बनाउन माग « Khabarhub

लमही-घोराही-तुलसीपुर चार लेन सडक बनाउन माग


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाल कम्युनिस्ट पार्टी दाङले लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए ।  विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लमही-घोराही-तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुःख पाउनुका साथै सडकको धुलोले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । सम्बन्धित सरोकारवाला निकायको लापरबाहीको कारण जनतालाई पर्न गएको असरप्रति नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ । सम्बन्धित परियोजना, निर्माण व्यवसायी, सरकारी निकाय यस विषयमा जिम्मेवारीपूर्ण रुपमा सडक निर्माणमा लागून् ।’

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ३ : २४ बजे

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५