‘पत्रकारले यथार्थलाई रचनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ’ « Khabarhub

‘पत्रकारले यथार्थलाई रचनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ’


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजका यथार्थ विषयलाई पत्रकारले रचनात्मक ढङ्गले जनतासमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १२औँ साधारणसभामा उनले पूर्वाग्रही नभई यथार्थ विषयलाई रचनात्मक ढङ्गले बाहिर ल्याउनेतर्फ पत्रकारको ध्यान जानुपर्छ भने । 

समाजमा घटेका घटनालाई जनताको बीचमा सम्प्रेषण गर्नु पत्रकारिताको पहिलो धर्म भएको बताउँदै मुख्यमन्त्री भट्टले पत्रकारितालाई सफल तुल्याउन जनता र सरकारबीचमा पुलको काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिलेको समयमा सहर तथा सदरमुकाममा मात्रै समाचार संकलन गरेर नहुँदो रहेछ, गाउँघरमा के भइराखेको छ, त्यहाँ सरकारको ध्यान गएको छ कि छैन, त्यहाँका समस्या के हुन् र त्यहाँको नागरिकले के चाहना राखेको छ, यी यावत विषय पत्रकारले बाहिर ल्याइदियो भने सरकारलाई वा सरोकारवालालाई पनि काम गर्न सहज हुन्छ । ‘

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ३२ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा