‘पत्रकारले यथार्थलाई रचनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ’ « Khabarhub

‘पत्रकारले यथार्थलाई रचनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ’


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजका यथार्थ विषयलाई पत्रकारले रचनात्मक ढङ्गले जनतासमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १२औँ साधारणसभामा उनले पूर्वाग्रही नभई यथार्थ विषयलाई रचनात्मक ढङ्गले बाहिर ल्याउनेतर्फ पत्रकारको ध्यान जानुपर्छ भने । 

समाजमा घटेका घटनालाई जनताको बीचमा सम्प्रेषण गर्नु पत्रकारिताको पहिलो धर्म भएको बताउँदै मुख्यमन्त्री भट्टले पत्रकारितालाई सफल तुल्याउन जनता र सरकारबीचमा पुलको काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिलेको समयमा सहर तथा सदरमुकाममा मात्रै समाचार संकलन गरेर नहुँदो रहेछ, गाउँघरमा के भइराखेको छ, त्यहाँ सरकारको ध्यान गएको छ कि छैन, त्यहाँका समस्या के हुन् र त्यहाँको नागरिकले के चाहना राखेको छ, यी यावत विषय पत्रकारले बाहिर ल्याइदियो भने सरकारलाई वा सरोकारवालालाई पनि काम गर्न सहज हुन्छ । ‘

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ३२ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र