मलेसियामा नेपाल भ्रमणको निम्तो दिदैँ पर्यटन बोर्ड र नाट्टा | Khabarhub Khabarhub

मलेसियामा नेपाल भ्रमणको निम्तो दिदैँ पर्यटन बोर्ड र नाट्टा


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल पर्यटन बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्रको भ्रमण गर्न मलेसियाका आन्तरिक पर्यटकलाई आग्रह गरेका छन् । बोर्डका सीइओ डा.धनन्जय रेग्मीसहित मलेसिया पुगेको नेपाली पर्यटन टोलीले मलेसियाको राजधानी क्वालालाम्पुरमा एक कार्यक्रम गरेर नेपाल भ्रमणको निम्तो दिएका हो ।

बोर्ड र नाट्टाले आयोजना गरेको नेपाल सेल्स मिसन-२०२२ कार्यक्रमका लागि मलेसिया पुगेर नेपाल घुम्नका लागि त्यहाँका पर्यटन व्यवसायी, पर्यटक र मलेसिया रहेका नेपालीलाई आग्रह गरेको हो ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, नेपाल पर्यटन बोर्डका सीइओ डा.धनञ्जय रेग्मी प्रमुख अतिथ थिए । साथै नाट्टाका महासचिव कुमार थपलिया, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, बोर्डका अधिकृत सुनिल अधिकारी, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज ढकाल लगायतको सहभागिता छ ।

बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्र र नेपाल घुम्ने विशेष प्याकेज अहिले मलेसियाका विभिन्न शहरमा सार्वजनिक गरिरहेका छन् । जसले मलेसियामा रहेका पर्यटकलाई नेपाल आउन सहज गराउने विश्वास छ ।

मलेसियामा रोजगारीका लागि जाने नेपालीले नै मलेसियाका आन्तरिक पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्न सक्ने भन्दै बोर्डका सीइओ डा.रेग्मीले त्यसका लागि पहल थाल्न पनि आग्रह गरेका छन् । कतार, मलेसिया र साउदी अरब पछिल्लो समय विश्व अर्थतन्त्रमा बलियो हुँदै गएका बेला उनीहरुको घुम्ने गन्तव्य नेपाल हुनुपर्ने भन्दै बोर्ड र नाट्टा पदाधिकारी यतिबेला ती देशको भ्रमणमा छन् ।

ना्टटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालमा पनि पश्चिम नेपालका पर्यटकीय गन्तव्य महत्वपूर्ण तथा विशेष भएको भन्दै नेपाल घुम्नका लागि आग्रह गर्न मलेसिया पुगेका छन् । पश्चिम नेपालमा पोखरा, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्जका साथै कर्णाली रारा, शे–फोक्सुन्डो, खप्तड र बडिमालिका जस्ता सुन्दर गन्तव्य रहेकाले त्यसको प्रचार प्रसार तथा पर्यटक आमन्त्रणका लागि बोर्ड र नाट्टा पदाधिकारीसँग आफू पनि मलेसिया पुगेको उनले बताएका छन् ।

विश्वमा हिमाल र पर्वतीय देशका रुपमा चिनिने नेपालमा युरोप, अमेरिका लगायत विकसित देशबाट धेरै पर्यटक आउने भएपनि मलेसिया, खाडी मूलुकबाट धेरै पर्यटक आउन नसकेको तितो यतार्थ छ । यसैका लागि नेपाल सेल्स मिसन लिएर बोर्ड र नाट्टाको टोली मलेसिया पुगेको हो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : २८ बजे

आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै नेपाललाई सफलता  

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक  शृखलाअन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले सुरुवातमै सफलता

देउवा भन्छन्- अहिलेको सरकार सबै खालका विभेद अन्त्य गर्न सक्रिय छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका

सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेन, संसद् बिहीबारलाई सर्‍यो

काठमाडौं– बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बिहीबारसम्मको लागि स्थगित भएको

विश्व खेल जगतमा नयाँ विजेताको लहर : पीएसजीदेखि आरसीबीसम्मले चुमे पहिलो पटक उपाधि

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को अठारौँ संस्करणको मंगलबार राति

‘जातीय भेदभावविरुद्ध संविधानमा उल्लेख विषय कार्यान्वयनको अवस्था सन्तोषजनक छैन’

काठमाडौं– जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, नेपालमा विभिन्न कार्यक्रमको