इन्जेक्सन लगाएपछि पाठेघरको मुखको क्यान्सर हुँदैन « Khabarhub

इन्जेक्सन लगाएपछि पाठेघरको मुखको क्यान्सर हुँदैन

स्वास्थ्य जाँच नगर्दा महिलाको स्वास्थ्यमा धेरै असर गर्छ



नेपालमा पछिल्लो समय महिलामा प्रजनन स्वास्थ्यमा धेरै खालका समस्या देखिएका छन् । विशेष १० देखि १८ वर्षको उमेरका महिलामा धेरै समस्या आउन सक्छन । महिनावारीको समयमा धेरैलाई हुने समस्या भनेको रक्तस्राव बढी हुने र महिनावारी गडबडी हुने हो । कसैको धेरै रगत जाने र त्यसले गर्दा रक्त अल्पता हुने सम्भावना पनि धेरै भएको छ । यही बेलामा बच्चाले धेरै खाना नखाइदिने, स्कुलको समय नमिल्ने, आमाबाबाले दिएको खाना नखाइदिने र जंकफुड खाइदिने समस्या छ। गर्भ, महिनावारीसँग सम्बन्धित रोगहरू धेरै छन्। यीमध्ये कतिपय रोग रोकथाम गर्न सकिने छन् भने कतिपय रोग समयमा पत्ता लागेन भने यसबाट ज्यान जान सक्छ । त्यसैले महिलाको प्रजननमा के कस्ता समस्या देखा पर्दंछन् ? यसै विषयमा डा. ज्योति अग्रवालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय महिलाको प्रजननमा कस्ता कस्ता समस्या देखा परेका छन् ?
महिलालाई उमेर अनुसारको रोग बुढेसकालसम्म पनि लाग्छ। महिलामा धेरै निःसन्तान हुने समस्या धेरै देखिएको छ र धेरै सेतो पानी बग्ने समस्या धेरै देखिएको छ ।

सेतो पानी बग्ने कारण के हो ?
यो इन्फेकसनको कारणले हुन्छ । धेरै जनासँग यौन सम्वन्ध राख्दा पनि यो समस्या बढेको छ। महिलाले बेला बेलामा सरसफाइ नगरेको कारणले पनि सेतो पानी बग्ने समस्या हुन्छ । सरसफाइ गर्न महिलाहरूले दिनहुँ आफ्नो भित्री वस्त्र एक पटक अनिर्वाय परिवर्तन गर्नु पर्दछ । महिनावारी हुँदा टालो राखेर हिँड्दा पनि इन्फेक्सन हुन्छ । कसै कसैले योनीभित्र पानी राखेर सफा गर्ने गर्दछन् त्यसले गर्दा पनि इन्फेक्सन हुनसक्छ ।

कतिपय महिलाले यो समस्या सामान्य हो भनेर वा भन्न लजाएर पनि लुकाउने गरेको पाइन्छ, त्यसले पछि कस्तो असर गर्ला ?
समयमा नै वास्ता गरेन भने पछि गएर पाठेघरको वरिपरी घाउ हुन्छ र पछि त्यहि पाठेघरको क्यान्सरसमेत हुने सम्भावना हुन्छ । त्यसैले सबै महिलाहरूले समय समयमा आफ्नो ब्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्दछ र वर्षमा एक पटक डाक्टरलाई देखाउनु पर्दछ ।

कस्तो कस्तो लक्षण देखियो भने अस्पताल जाने त ?
लक्षणलाई कुर्नु हुँदैन । केही समस्या नभए पनि एक पटक नियमित आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर जाँच गर्नु पर्दछ ।

महिलामा यस्ता समस्या नआओस् भनेर केके कुरामा ध्यान दिने त ?
नियमित सरसफाइमा ध्यान दिने, महिनावारीको समयमा कपडा वा टालोको प्रयोग नगर्ने, योनीभित्र पानी नहाल्ने र बाहिरको भाग सफा गरे पनि सुख्खा राख्ने र धेरै जनासँग यौन सम्पर्क राख्नु हुँदैन । छिटो विवाह हुनु भएन र सन्तान धेरै जन्माउनु भएन । नियमित एक एक वर्षमा एक पटक अवश्य स्वास्थ्य जाँच गर्नु पर्याे । बच्चा ९ वर्षको भएपछि गाडासिल इन्जेक्सन लगाउने । जसले पाठेघरको मुखको क्यान्सर हुन दिँदैन । यो गाडासिल इन्जेक्सन ९ देखि १४ वर्षको बच्चाले २ वटा लगाए पुग्छ र १५ वर्ष कटे पछि ६ महिनाको अन्तरमा ३ पटक लगाउनु पर्दछ ।

यो इन्जेक्सन लगाएपछि पाठेघरको मुखको क्यान्सर नहुने हो ?
यो इन्जेक्सन लगाएपछि पाठेघरको मुखको क्यान्सर लगभग हुँदैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ३७ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्