हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल | Khabarhub Khabarhub

हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै यहाँका व्यवसायी तथा यस क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् ।

स्वयम्भू भजन खलबाट बस रिजर्भ गरी मेलम्ची हुँदै पाल्चोक भगवती, इच्छेश्वर महादेव मन्दिर, हेलम्बुमा निर्माणाधीन ग्रेट ट्रेल घुम्न आएका हुन् । ज्ञानमाला भजन खल स्वयम्भूको उपाध्यक्ष पूर्णकाजी सैँजुसहित काठमाडौँका स्थानीय चार सय जनाको टोली भ्रमणमा आएका हुन् । यस समूहले काठमाडौँ बासीलाई विभिन्न तीर्थस्थल घुमाउने गरेको उनले बताए ।

पाल्चोक मन्दिरमा अन्य बारभन्दा शनिबार यहाँ विशेष भीड हुने गर्छ । पाल्चोक, इच्छेश्वर महादेव मन्दिर हेलम्बु इचोकका संयोजक एवं समाजसेवी नयनबहादुर पण्डितले हेलम्बु तथा मेलम्चीको पर्यटन पर्वद्धनका निमिक्त उहाँहरुलाई भ्रमणको आग्रह गरिएको बताए । उनले एक धार्मिक संस्थाले अर्को संस्थालाई भ्रमणको लागि गरिएको आग्रह स्वीकार गर्नुभएकामा आभार प्रकट गरे ।

उपाध्यक्ष सैँजुले हेलम्बु, मेलम्ची क्षेत्रमा घुम्ने रहर भएकालाई काठमाडौँबाट नजिक रहेको यस स्थानमा घुम्न आएको बताए । उनले पाल्चोक मन्दिर धेरैले आउने इच्छा व्यक्त गरेकाले आफूहरू घुम्न आएको बताए । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब हेलम्बुमा पर्यटन अझै फस्टाउने विश्वास व्यक्त गरे । उनले मेलम्ची खानेपानी मुहान तथा बाढी प्रभावित क्षेत्रमा अध्ययनका, अनुसन्धान केन्द्रको रुपमा विकसित गरी पर्यटक बढाउने बताए । पर्यटक विस्तारै बढ्न थालेपछि मेलम्ची र आसपासका व्यवसायीमा खुशीको सञ्चार भएको स्थानीय होटल व्यवसायी जनकलाल श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ३८ बजे

भीरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चितवन– चितवनमा श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् । घटनामा श्रीमतीको

एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले यही असार १३ गतेका लागि

सुरु भयो रोपाइँ (तस्बिरहरू)

सिन्धुली– असारको पहिलो सातामै वर्षा भएपछि किसानहरू खेतीमा व्यस्त भएका

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

काठमाडौं– कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका