हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल « Khabarhub

हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै यहाँका व्यवसायी तथा यस क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् ।

स्वयम्भू भजन खलबाट बस रिजर्भ गरी मेलम्ची हुँदै पाल्चोक भगवती, इच्छेश्वर महादेव मन्दिर, हेलम्बुमा निर्माणाधीन ग्रेट ट्रेल घुम्न आएका हुन् । ज्ञानमाला भजन खल स्वयम्भूको उपाध्यक्ष पूर्णकाजी सैँजुसहित काठमाडौँका स्थानीय चार सय जनाको टोली भ्रमणमा आएका हुन् । यस समूहले काठमाडौँ बासीलाई विभिन्न तीर्थस्थल घुमाउने गरेको उनले बताए ।

पाल्चोक मन्दिरमा अन्य बारभन्दा शनिबार यहाँ विशेष भीड हुने गर्छ । पाल्चोक, इच्छेश्वर महादेव मन्दिर हेलम्बु इचोकका संयोजक एवं समाजसेवी नयनबहादुर पण्डितले हेलम्बु तथा मेलम्चीको पर्यटन पर्वद्धनका निमिक्त उहाँहरुलाई भ्रमणको आग्रह गरिएको बताए । उनले एक धार्मिक संस्थाले अर्को संस्थालाई भ्रमणको लागि गरिएको आग्रह स्वीकार गर्नुभएकामा आभार प्रकट गरे ।

उपाध्यक्ष सैँजुले हेलम्बु, मेलम्ची क्षेत्रमा घुम्ने रहर भएकालाई काठमाडौँबाट नजिक रहेको यस स्थानमा घुम्न आएको बताए । उनले पाल्चोक मन्दिर धेरैले आउने इच्छा व्यक्त गरेकाले आफूहरू घुम्न आएको बताए । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब हेलम्बुमा पर्यटन अझै फस्टाउने विश्वास व्यक्त गरे । उनले मेलम्ची खानेपानी मुहान तथा बाढी प्रभावित क्षेत्रमा अध्ययनका, अनुसन्धान केन्द्रको रुपमा विकसित गरी पर्यटक बढाउने बताए । पर्यटक विस्तारै बढ्न थालेपछि मेलम्ची र आसपासका व्यवसायीमा खुशीको सञ्चार भएको स्थानीय होटल व्यवसायी जनकलाल श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ३८ बजे

रसुवा बाढी : २ सय ३३ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा