विमाको रकम २५ लाख पाउने लोभमा चार वर्षीया छोरीको हत्या | Khabarhub Khabarhub

विमाको रकम २५ लाख पाउने लोभमा चार वर्षीया छोरीको हत्या


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– विमा बापतको २५ लाख रुपैयाँ पाउने लोभमा एक जना बुवाले छोरीको हत्या गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ । रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए ।

हत्याको भोलिपल्ट पोखरीमा ४ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले शुक्ष अनुसन्धान गरेको थियो ।

पैसाको लोभमा हत्या ?

रामकिशोरकी कान्छी छोरी हुन् लक्ष्मी । उनले छोरीको सुरक्षित भविष्यका लागि विमा गराएका थिए । रौतहटको गरुडामा रहेको प्रभु बैंकमा रामकिशोरकले कान्छी छोरी लक्ष्मीको २५ लाख रकमको विमा गराएका थिए । बिमाबापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाएका पनि थिए ।

तर कसैले बिमा गरेको एक महिनामै यदी बिमकको निधन भएका दुई गुणा पैसा फिर्ता पाइन्छ भन्ने सुनायो, त्यसपछि उनमा छोटो समयमा नै धेरै पैसा कमाउने लोभ जाग्यो । रामकिरोशले पैसाको लोभमा विमा गराएको २९ औं दिनमा छोरीको हत्या गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा रामकिशोरले चार वर्षीया छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले छोरीलाई घरमै कुटपिट गरी हत्या गरेको र हत्यापछि शव पोखरीमा फालेर आफैं छोरी हराएको भन्दै प्रहरीलाई खबर गर्न पुगेको डीएसपी कार्कीले बताए ।

नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : ५५ बजे

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ । कलेजको

इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक

लिड्स – भारतले इङ्गल्यान्डसँगको पहिलो टेस्टमा जितका लागि ३७१ रनको

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल

तेहरान – इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र