कोरोना बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु « Khabarhub

कोरोना बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ। सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन्।

शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि सरकारले यसै महिनाको सुरुमा प्रतिबन्धहरू सहज बनाएको थियो। प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड संक्रमणका घटनाहरु दिनहुँ बढिरहेका छन्।

प्रतिबन्ध सहज बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको छ। शनिबार कोभिडका कारण दुई पूर्वपत्रकारको मृत्यु भएको सार्वजनिक भएको थियो।

पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ४२ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट