अर्जुन कपूरको यो कुरामा लोभिन्छिन् मलाइका, आफैले गरिन् खुलासा | Khabarhub Khabarhub

अर्जुन कपूरको यो कुरामा लोभिन्छिन् मलाइका, आफैले गरिन् खुलासा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – मलाइका अरोरा र अर्जुन कपूर आजभोलि प्रेममा छन् । यी दुईको जोडी विदा मनाउन न्यूयोर्क पुगेको छ। मलाइकाले अर्जुनलाई लिएर एक कुराको खुलासा गरेकी छिन् ।

एक अन्तर्वार्तामा मलाइकालाई सोधिएको थियो, अर्जुन कपूरको कुन कुराले तपाईं आकर्षणमा पर्नुहुन्छ ?

मलाइकाले भनिन्, ‘जसले तपाईंलाई बुझ्छ, उसका बारेमा यो कुरा थाहा पाउन निकै गाह्रो हुन्छ । अर्जुनले मलाई निकै राम्रोसँग बुझ्छ । उसले मलाई हँसाउँछ, पूर्ण रुपमा मलाई बुझेको छ । यही कुरा धेरै मन पर्छ ।’

केही दिन पहिले अर्जुनको जन्मदिनमा मलाइकाले फोटो शेयर गर्दै उनले लेखेकी थिइन्, ‘ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर ।’

उनले सामाजिक सञ्जालका माध्यमबाट पनि अर्जुनप्रति आफ्नो प्रेम दर्शाएकी हुन्छिन् । बलिउडमा पछिल्लो समय यो जोडी चर्चामा आइरहने जोडीका रुपमा परिचित छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : ३५ बजे

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन