आइतबार नेप्से परिसूचक ओरालो « Khabarhub

आइतबार नेप्से परिसूचक ओरालो


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ । आइतबार परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ ।

बिहीबार भने परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा पुगेको थियो सोही दिन १ अर्ब बढिको सेयर कारोबार भएको थियो ।

आइतबार २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।

आइतबार कृषि बिकास बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। यता रिडी पावर कम्पनीको पनि ५ करोड ४३ लाख बराबरको कारोबार भएको छ ।

यस्तै इस्टर्न हाइड्रो पावर र ग्लोबल आइएमइ बैंकको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आइतबार १३ वटा उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, हाइड्रो पावर र अन्य इन्डेक्समा २ प्रतिशत भन्दा बढिले ओरालो लागेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ०५ बजे

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित