सहमति भए नेतृत्वको दाबी गर्दिन : नेता पौडेल | Khabarhub Khabarhub

सहमति भए नेतृत्वको दाबी गर्दिन : नेता पौडेल


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए ।

पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उनले नै महाधिवेशन गर्नु पर्नेमा जोड दिए । पौडेलले भने “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए ।

पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताए ।

कांग्रेसलाई बलियो बनाउन तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो ।

सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताए । उनले भने “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब कांग्रेस तयार हुनुपर्छ ।” जनताको अगाडि भरोसाका रुपमा कांग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उनले गणितले केही पनि नगर्ने बताए ।

उनले भने“नेपाली कांग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अङ्क गणितले असर पार्दैन ।” सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : २७ बजे

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३०

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको

बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता लामाविरुद्धको हस्ताक्षर फिर्ता

हेटौँडा– बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई सांसदले दलका नेता तथा