आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न हर्क साम्पाङलाई ६ राजनीतिक दलको सुझाव « Khabarhub

आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न हर्क साम्पाङलाई ६ राजनीतिक दलको सुझाव


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिकामा सक्रिय विभिन्न ६ राजनीतिक दलका प्रमुखहरुले उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) लाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर समस्या समाधानको पहल गर्न आग्रह गरेका छन् ।

गत १३ असोजमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले विचार राखिरहँदा बैठक छाडेर जान भनेको र पछि पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यको राजीनामा माग्ने मेयर साम्पाङको अभिव्यक्ति फिर्ता लिन राजनीतिक दलहरूले आग्रह गरेका हुन् ।

‘नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समस्याको सामाधान खोज्न र सामूहिक नेतृत्वसहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न यसै विज्ञप्तिमार्फत सुझाव प्रस्तुत गर्न चाहान्छौं,’ दलहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमाले धरान अध्यक्ष हर्कजङ एभेङ, नेपाली कांग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङ्ग फोक्वाहाङ्ग (सुब्बा), जसपा नेपाल धरान अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी) धरान अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरान अध्यक्ष दोर्जे शेर्पाले आइतबार संयुक्त विज्ञप्ति निकालेर नगर प्रमुख साम्पाङलाई संवादमार्फत् समस्या समाधान गर्न सुझाव दिएका हुन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ०८ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज