खाद्य असुरक्षाप्रति भारतको चिन्ता « Khabarhub

खाद्य असुरक्षाप्रति भारतको चिन्ता


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा देखिएको खाद्य असुरक्षाप्रति भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी उप प्रतिनिधि रवीन्द्रले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रसंघमा बोल्दै उनले युक्रेनमा जारी युद्धका कारण विश्वव्यापी खाद्य सुरक्षामा चुनौति देखिएको र यसबाट आफ्नो मुलुक चिन्तित बनेको उल्लेख गरे ।

कृष्णसागरबाट अन्नको निकासीबारे भएको पहलको स्वागत गर्दै उनले भारतले १८ लाख टनभन्दा धेरै गहुँ अफगानिस्तान म्यान्मारलगायतका कम आय भएका मुलुकलाई निर्यात गरेको समेत जानकारी दिए ।

अहिले जारी खाद्य असुरक्षाको अवस्था अर्को वर्ष सन् २०२३ मा नआओस् भन्ने भारतको चाहना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ४७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्