मेस्सीको नाममा नयाँ कीर्तिमान « Khabarhub

मेस्सीको नाममा नयाँ कीर्तिमान


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अर्जेन्टिनाका लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् ।

लुसेल रंगशालामा जारी फाइनल खेल्दै मेसीले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बनाएका हुन्।फाइनल खेलसँगै मेसीले विश्वकपमा २६ खेल खेल्दै कीर्तिमान बनाएका हुन्।

यसअघि जर्मनीको लोथार मसाउथले २५ खेल खेल्दै सबैभन्दा बढी खेल्ने कीर्तिमान आफ्नो नाममा राखेका थिए। जारी खेलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ । खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २-० को अग्रता लिएको हो ।खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ५० बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र