मेरो रिसले भए पनि मास्क लगाइदिनुस्– प्रधानमन्त्री ओली « Khabarhub

मेरो रिसले भए पनि मास्क लगाइदिनुस्– प्रधानमन्त्री ओली


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नैका लागि कतिपयले मास्क लगाउन थालेको आरोप लागाएका छन् ।

पूर्व नयाँ शक्ति पार्टीका नेताहरुलाई नेकपामा भित्र्याउँदै प्रधानमन्त्री ओलीले सरकारको विरोधका लागि नै केही मानिसले सम्झिएर मास्क लगाउन थालेको बताएका हुन् ।

‘मास्क लगाउनुपर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन्, सरकारको विरोधका लागि। मेरो शुभकामना छ, मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ। मेरो रिसले भए पनि मास्क लगाइदिनुस्’  ओलीले भने ।

केही दिन अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा अहिले मास्क लगाउने अवस्था नरहेको भनेपछि सामाजिक सञ्जालमा यसको अलोचना भइरहेको थियो ।

विपक्षीले आलोचना गर्नु स्वभाविक भएको ओलीको भनाइ थियो । चुनाव पनि जित्न नपाउनु र आलोचना पनि गर्न नपाउनु उपयुक्त नहुने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकारले आयोजना गर्न स्वीकृति दिएको आईफा अवार्डको विरोध भएकोमा पनि असन्तुष्टि व्यक्त गरे । २० लाख पर्यटक भित्र्यान सरकारले योजना बनाएको भएपनि अनावश्यक हल्ला चलाइएको उनको दाबी थियो । थोरै लगानीमा धेरै प्रतिफल पाउने गरि निर्णय गरिएको भएपनि अर्बौ खर्र्च भनेर हल्ला गरिएको उनको भनाइ थियो ।

प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले नेकपा सबैलाई स्वागत गर्न तयार रहेको बताए । उनी भन्दा पहिला बोलेका प्रचण्डले डा. बाबुराम भट्टराईलगायत नेकपामा आउनुपर्ने बताएका थिए । त्यसमा थप गर्दै ओलीले भट्टराई मात्र नभएर फोरम र अन्यत्र अलमलिएका नेतालाई पनि पार्टीमा आउन आह्वान गरे ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ०५ बजे

गोप्य मतदानमै घात गर्ने कार्यकर्ता किन चाहियो ?

नेपाली राजनीतिको इतिहासले समय–समयमा दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ

संघीय संसदका दुवै सदनमा आजदेखि ‘प्रि–बजेट’ छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्गर्त प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

पोखराको विजयपुर खोला किनारमा तरबुजाखेती, मनग्य आम्दानी

गण्डकी– पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३