शेखर समूहबाट गगनले मात्रै देउवाविरुद्ध उम्मेद्वारी दिने सहमति « Khabarhub

शेखर समूहबाट गगनले मात्रै देउवाविरुद्ध उम्मेद्वारी दिने सहमति


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको थियाे । मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेता उठाउने निर्णय गरेको हो । थापाको प्रस्तावक डा.शेखर कोइराला हुनेछन् ।

लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो । त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए । सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए ।

यो सहमतिपछि अब दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थापाले उम्मेदवारी दिने निश्चित भएको छ । थापाले आगामी महाधिवेशनमा कोइरालालाई सभापतिमा सघाउने भित्री सहमति जुटेको स्रोतले जनाएको छ ।

गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा थिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेताको समर्थन छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ३२ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक