प्रतिनिधिसभाका सांसदहरूलाई पशुपति शमशेर राणाले शपथ खुवाउने | Khabarhub Khabarhub

प्रतिनिधिसभाका सांसदहरूलाई पशुपति शमशेर राणाले शपथ खुवाउने


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका छन्। प्रतिनिधिसभाको प्रथम बैठकअघि ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधानअनुसार राणाले प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई शपथ गराउन लागेका हुन् । 

त्यसका लागि संघीय संसद् सचिवालयले निर्वाचित सांसदहरूमध्ये ज्येष्ठ नागरिकको हैसियतमा राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । ‘संसद् सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकेको छ,’ धमलाले भने, ‘राष्ट्रपति कार्यालयबाट भोलि १ बजे राणाको शपथ हुने अनौपचारिक जानकारी आएको छ। ‘

संसद् सचिवालयको पत्रअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि  राणाले अन्य निर्वाचित सांसदलाई शपथ ग्रहण गराउनेछन् । यसअघि प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले सांसदहरूको शपथ गराएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : १५ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट