जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन « Khabarhub

जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी-साँखु सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई तीन दिनभित्र सुरु गरेको काम सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन लिएको छ । अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा केही दिनअघि कालोपत्रे गर्न सुरु गरे पनि एक लेन कालोपत्रे गरेर निर्माण व्यवसायी बज्रगुरु, बिरुवा, खानी जेभी बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो । 

आयोजनाले मंगलबार जारी गरेको सूचनामा थली बजार क्षेत्रमा २९ मङ्सिरमा एक लेन कालोपत्रे गरेपछि अलपत्र छाडेको, आयोजना कार्यालयमा काम बन्द गर्नुको कारण पेश नगरेको र साइटमा धुलो उडेकाले गर्दा आयोजना कार्यालय, कागेश्वरी मनोहरा नगरपालिका एवं स्थानीयवासी पीडामा रहेको उल्लेख छ । निर्माण व्यवसायीले प्रतिबद्धता बमोजिम काम नगरी अलपत्र छाडेको कारण आयोजनाको बारेमा नकारात्मक प्रभाव परेको सूचनामा उल्लेख छ । यसकारण तीन दिनभित्र सो स्थानको बाँकी कालोपत्रे पुरा गर्न आयोजनाले निर्देशन दिएको छ । 

अन्यथा निर्माण कम्पनीको नाममा यस आयोजनामा रहेको बैंक ग्यारेन्टीहरू जफत गरी ठेक्का सम्झौता बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : ४९ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको