बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत « Khabarhub

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागमती– गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशसभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचनमा  प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा  सहभागी भएका थिए । जसमध्ये ३३ राजनीतिक दलको धरौटी जफत भएको निर्वाचन आयोगद्वारा हेटौँडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो ।

आयोगका सचिव गोकर्णमणि दवाडीका अनुसार प्रदेशसभाको निर्वाचनमा सहभागी भएका प्रत्यक्षतर्फ पुरुष पाँच सय ८८ र महिलातर्फ ८० गरी छ सय ६८ जना र समानुपातिकतर्फ सात सय ५४ जना उम्मेदवारको बन्दसूची कायम भएको थियो । जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका चार सय १७ पुरुष र ६७ जना महिला गरी कूल चार सय ८४ को जनाको धरौटी जफत भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार बागमती प्रदेशमा सात वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ । प्रदेशसभातर्फ एक सय १० जना निर्वाचित भएका छन् । जसमा पुरुष ७० जना र महिला ४०  जना छन् । 

प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ तथा अन्य २७ गरी कूल ३४ लाख ७१ हजार चार सय ९२ मतदाता थिए । आयोगको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सचिव दवाडीले पेस गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : ५७ बजे

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका