नापी अधिकृतहरूसहित १४ जनाविरुद्ध अख्तियारको मुद्दा « Khabarhub

नापी अधिकृतहरूसहित १४ जनाविरुद्ध अख्तियारको मुद्दा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रूपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रूपन्देही, साबिक दुधराक्ष गाबिस–७ (क)वडा-२ (क) को जग्गा नापी कार्यालय, रूपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको अख्तियारको भनाइ छ । 

नियम विपरित बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको र भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मुल्यांकनअनुसार घुसाएको जग्गाको १० लाख ६५ हजार दुई सय पाँच रुपैंया पचास पैसा बराबर हिनामिना गरेको आरोप छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : १० बजे

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

तेहरान – इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका