प्रधानमन्त्रीले ‘भ्यागुताको कथा’ सुनाएपछि आक्रोशित भए बाबुराम, ओलीलाई दिए ‘कडा’ जवाफ « Khabarhub

प्रधानमन्त्रीले ‘भ्यागुताको कथा’ सुनाएपछि आक्रोशित भए बाबुराम, ओलीलाई दिए ‘कडा’ जवाफ


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा तत्कालीन नयाँ शक्तिका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउदेखि विरोधीप्रति व्यंग्य गरे । यसैबीचमा प्रधानमन्त्री ओलीले तत्कालीन नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री (हाल समाजवादी पार्टीका अध्यक्ष) डा. बाबुराम भट्टराईप्रति पनि ब्यंग्य गरे ।

तत्कालीन नयाँ शक्तिका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले डा. भट्टराईप्रति संकेत गर्दै देशमा पीएचडी गरेका व्यक्तिहरु धेरै भए पनि तीमध्ये केही व्यक्तिहरु भने आफूमात्रै पीएचडीवाला भएजस्तै गरी हिँड्ने गरेको बताए ।

बाबुरामप्रति प्रधानमन्त्री ओलीको व्यंग यत्तिमा मात्रै रोकिएन । ओलीले भ्यागुताको कथा सुनाउँदै बाबुरामप्रति व्यंग कसे– ‘यहाँ कोही पीएचडीवाला आफूमात्रै हुँ भन्ने पनि छन् । तर, त्यस्तो होइन । एउटा भ्यागुतोको बच्चाले एक दिन गाईको बाछो देखेछ । गाईको बाछो उसलाई निकै ठूलो लागेछ, अनि गएर आफ्नो आमासँग भनेछ– आज मैले धेरै ठूलो जनावर देखे । आफ्नो बच्चाले ठूलो जनावर देखेपछि आमालाई पनि कौतुहलता लागे छ र भुँडी फुलाउँदै जनावरजजस्तै हुने प्रयास गर्दा गर्दै भूँडि नै फुटेर मरेछ, त्यस्तो नहोस् ।’

भ्यागुताको कथा सुनाएर ब्यंग गरेका प्रधानमन्त्री ओलीले डा. भट्टराईलाई आफू नेतृत्वको पार्टीमा समाहित हुन पनि आह्वान गरे । दुई तिहाइ अटेको कम्युनिस्ट पार्टीमा सिंगो समाजवादी पार्टी पनि अट्ने उल्लेख गर्दै ओलीले भने, ‘आउनुहोस् सबै मिलौं, देश बनाऔं ।’

प्रधानमन्त्री ओलीले ब्यंगसहित नेकपामा समाहित हुन आह्वान गरेको केही समयपछि नै डा. भट्टराईले पनि जवाफ फर्काएका छन् । डा. भट्टराईको जवाफ पनि प्रधानमन्त्रीको ब्यंगजस्तै ‘चोटिलो’ र ‘कडा’ छ ।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘कमरेड दीपक मनांगे जस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : ०८ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र