पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु | Khabarhub Khabarhub

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पाल्पा : तानसेन–रिडी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुन डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृत्यु भएको हो ।

तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु६८प २०५ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतक गाहा रिब्दीकोट गाउँपालिका–६, ठिमुरेका हुन् ।

मोटरसाइकलको पछाडि बसेका गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक २६ वर्षीय शेरबहादुर गाहाको अवस्था सामान्य रहेको छ । ट्रक चालक र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : १८ बजे

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ 

पाटन– किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि