हाँडेटार बृहत सिँचाइ नहरको पुनः निर्माण सुरु « Khabarhub

हाँडेटार बृहत सिँचाइ नहरको पुनः निर्माण सुरु


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडास्थित हाँडेटार बृहत सिँचाइ नहरको पुनः निर्माणकार्य सुरु भएको छ ।

सिँचाइ आयोजनाको पुन निमार्ण कार्य गत आइतबारबाट सुरु भएको हो । सुन्दरबजार नगरपालिका, वडा २ को वडा कार्यालय र सिँचाइ विकास तथा ढल निकास कार्यालयको सहयोगमा नहर पुन: निमार्ण सुरु भएको हो ।

उक्त आयोजना निर्माणको लागि अनुमानित ५० लाख रुपैयाँ लागत लाग्ने वडा नं। २ का वडा अधयक्ष नविन कुमार श्रेष्ठले जानकारी दिए । वडा अध्यक्ष श्रेष्ठका अनुसार नहर पुननिमार्णका लागि सिँचाइ विकास तथा ढल निकास कार्यालयको १० लाख रहेको छ भने अन्य बाँकी रकम निर्माण सम्पन्न पश्चात नगरपालिका र वडा कार्यलयले व्योहोर्ने छ ।

हाँडेटार बृहत सिँचाइ नहर २०३१ सालमा निर्माण भएको हो । एक वर्ष अघिदेखि वर्षाको समयमा विभिन्न स्थानमा बाढी र पहिरोले नहर भत्काएको हुनेले अहिले पुन निर्माण थालिएको वडा अध्यक्ष श्रेष्ठले बताए । हाँडेटार सिँचाइ नहरबाट सुन्दरवजार गरपालिका वडा नम्बर १, २, ५, ६, ७ र तनहुँको रुपाकोट र मैखु गाँउका पाँच चार हजार परिवारले लाभ लिइरहका छन् । नहर यहि पुस महिनाभित्र सम्पन्न हुने गरी पुन: निर्माण भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ३० बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि