हाँडेटार बृहत सिँचाइ नहरको पुनः निर्माण सुरु | Khabarhub Khabarhub

हाँडेटार बृहत सिँचाइ नहरको पुनः निर्माण सुरु


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडास्थित हाँडेटार बृहत सिँचाइ नहरको पुनः निर्माणकार्य सुरु भएको छ ।

सिँचाइ आयोजनाको पुन निमार्ण कार्य गत आइतबारबाट सुरु भएको हो । सुन्दरबजार नगरपालिका, वडा २ को वडा कार्यालय र सिँचाइ विकास तथा ढल निकास कार्यालयको सहयोगमा नहर पुन: निमार्ण सुरु भएको हो ।

उक्त आयोजना निर्माणको लागि अनुमानित ५० लाख रुपैयाँ लागत लाग्ने वडा नं। २ का वडा अधयक्ष नविन कुमार श्रेष्ठले जानकारी दिए । वडा अध्यक्ष श्रेष्ठका अनुसार नहर पुननिमार्णका लागि सिँचाइ विकास तथा ढल निकास कार्यालयको १० लाख रहेको छ भने अन्य बाँकी रकम निर्माण सम्पन्न पश्चात नगरपालिका र वडा कार्यलयले व्योहोर्ने छ ।

हाँडेटार बृहत सिँचाइ नहर २०३१ सालमा निर्माण भएको हो । एक वर्ष अघिदेखि वर्षाको समयमा विभिन्न स्थानमा बाढी र पहिरोले नहर भत्काएको हुनेले अहिले पुन निर्माण थालिएको वडा अध्यक्ष श्रेष्ठले बताए । हाँडेटार सिँचाइ नहरबाट सुन्दरवजार गरपालिका वडा नम्बर १, २, ५, ६, ७ र तनहुँको रुपाकोट र मैखु गाँउका पाँच चार हजार परिवारले लाभ लिइरहका छन् । नहर यहि पुस महिनाभित्र सम्पन्न हुने गरी पुन: निर्माण भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ३० बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा