यस्ता छन् विश्व इतिहासमा आज भएका महत्त्वपूर्ण घटना | Khabarhub Khabarhub

यस्ता छन् विश्व इतिहासमा आज भएका महत्त्वपूर्ण घटना


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २१ डिसेम्बर। विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाः

प्यालेस्टनाइनद्वारा बेथलहेम नियन्त्रणमा
सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो। वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो। सन् १९२० देखि सन् १९४८ सम्म व्रिटीश सरकारको आदेशमा चल्दथ्यो। सन् १९४८ मा अरब र इजरायलबीच भएको युद्धमा सो सहरलाई जोर्डनले नियन्त्रणमा लिएको थियो।

उडानमा बम बिस्फोट
सन् १९८८ मा जर्मनीको फ्रयांकफर्टबाट अमेरिकाको डेटरोइट उड्ने क्रममा पाम एम उडान नम्बर १०३ मा बम बिस्फोट भएको थियो। स्कटल्यान्डको सहर लकरबिमा पुगेपछि अतिवादीले विमानमा बिस्फोट गराउँदा विमानमा सबार सबैजनाको मृत्यु भएको थियो।

विभेद उन्मूलनसम्बन्धी महासन्धि
सन् १९६५ मा जुनसुकै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर भएको थियो। सो सन्धि सन् १९६९ को ४ जनवरीदेखि कार्यान्वयनमा आएको थियो। सो सन्धिले संसारभर जात र रङ्गका आधारमा हुने विभेदलाई अन्त्य गर्ने प्रयास गरेको थियो।

रेडियमको आविष्कार
पोलोनियमको आविश्कारपछि सन् १८९८ मा म्यारी र पियरे क्यूरीले रेडियोएक्टिभ रासायनिक तत्त्व रेडियम पत्ता लगाएका थिए। चाँदीजस्तो सेतो पदार्थ रेडियम क्यान्सर उपचारमा प्रयोग हुन्छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ०० बजे

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिना भयो

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर