अध्यादेश बेथिति हो : चित्रबहादुर केसी | Khabarhub Khabarhub

अध्यादेश बेथिति हो : चित्रबहादुर केसी

राजनीतिले जनताको आकांक्षा र आवश्यकता पूरा गर्नुपर्छ


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

निर्वाचन आयोगले निर्वाचनको अन्तिम मत परिणाम बुझाएसँगै राष्ट्रपतिबाट सरकार गठनको आह्वान भइसकेको छ। दलले संसदीय दलको नेता छान्नेक्रम जारी छ। जनताका अपेक्षा धेरै भएकाले जनप्रतिनिधिले काम त्यही ढंगमा गर्नुपर्नेछ। यो पटक प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका सदस्यको प्रतिनिधित्व रहेको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी नेपालका थोरै नेतामध्ये एक अनुशासित नेता मानिन्छन्। उनै ८० वर्षीय नेता केसीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

अब जनताको मन जितेर काम गर्न सकिएला जस्तो लाग्छ ?
जित र हौसलासँगै नयाँ जिम्मेवारी थपिएको छ। नेपाली जनताको १० वर्ष अघिदेखिका शिक्षाका समस्या, यातायातको समस्या, रोजगारीका समस्या सम्पूर्ण समस्या पुरा गर्नुपर्ने आवश्यकता छ। सरकारमा जाने अहिले कुनै कुरो छैन। हामीले जनताको आवश्यकता चाहना पुरा गर्नुपर्छ। मन जित्ने गरेर काम गर्नु पर्दछ। कार्यकारी पदम नगए पनि काम गर्नु पर्दछ।

अहिलेको राजनीतिक घटनाक्रमलाई हेर्दा राष्ट्रपति र प्रधानमन्त्री बीच कसले बढी विधि उलङ्घन गर्ने भनेर प्रतिस्पर्धा चलेको छ। यो बेला अध्यादेशबाट देश चलाउँछौँ भनेको छ। किन यस्तो भइराखेको हो ?
यो बेथिति हो। यसमा राष्ट्रिय जनमोर्चाको सहमति छैन। राष्ट्रपति पास गर्नु हुन्छ कि हुन्न उहाँको कुरा हो। फौजदारी मुद्दा लागेकोलाई त्यसरी छोड्ने हो भने न्यायको अन्त्य हुन्छ। न्यायपालिकाले गरेको फैसलालाई कार्यपालिकाले उलङ्घन गर्ने हो भने सरकारका तीन वटा अङ्ग नै राख्नु परेन।

राष्ट्रिय जनमोर्चाले यो अध्यादेशको विरोध गर्दछ ?
यो जारी गर्ने अध्यादेश नै होइन। सल्लाह सुझाव दिएर रोक्न सकिएला तर राष्ट्रपतिलाई पनि यो खारेज गर्ने अधिकार त छैन। तर यो गलत हो।

सत्ता गठबन्धनमा अंकगणितका लागि यो अध्यादेश ल्याइएको भन्ने छ ?
देखाइएको त्यही छ। तर जसलाई जे खाँचो परे पनि ऐन कानुन उलंघन गर्नु हुँदैन।

राष्ट्रपतिमा न्यायाधीशको खोजी भइराखेको छ। यो प्रस्ताव बाहिरी शक्ति केन्द्रबाट आएको हो ?
केही नपाए जस्तो कोही पूर्व न्यायाधीश, न्यायाधीश भइसकेको मान्छेलाई संविधानमा नै कतै नभएको व्यवस्था विपरित राष्ट्रपतिमा ल्याउने कुरा गलत हो। यो बदमासी हो। मनपरी हो। नेपालमा विधिको शासन भन्दा निर्दोषको शासन आयो। राष्ट्रिय जनमोर्चा यस्ता असंवैधानिक कार्यमा समर्थन गर्दैन।

अहिले जितेर आएका जनप्रतिनिधि विदेशीको इसारामा चल्छन् ?
विदेशीले आफ्ना काम कारबाही पूरा गराउन आफ्ना मान्छेलाई सत्तामा लानका लागि यस्ता कार्य भएको देखिन्छ। यो हुनु राम्रो होइन।

यो देशमा कसले बढी विधिको शासन उलङ्घन गर्ने भन्ने प्रतिस्पर्धा चलेको हो ?
२००७ सालपछि यस्ता गतिविधि भइरहेका छन्। यस्ता गतिविधिलाई रोक्न नेपाली जनताले अग्रसर हुनु पर्दछ। अघिल्लो सरकार नेपाली कांग्रेसकोले पुस १ गते मलाई वारेन्ट काटेको थियो। हामीले त्यो व्यवस्थालाई विरोध गरेका हौँ।

प्रतिगमन सही हो भन्ने वातावरण त अहिलेको व्यवस्थाले सिर्जना गरेको हो ?
लोकतन्त्रमा यो प्रविधि फेरिनुपर्छ। यो प्रणालीलाई नै नेपाली जनताले रुचाएनन्। यो गठबन्धनले स्पष्टसँग बहुमत ल्याउन सकेन र यो गठबन्धन भित्र गठबन्धनका मान्छेले नै हराउने सैद्धान्तिक रणनीति बनाए। यसमा हामीले हाम्रो आकार अनुसारको आवाज बोल्ने हो।

अब गठबन्धनकै सरकार बन्ने हो ?
हो। अहिलेसम्म गठबन्धनकै सरकार बन्छ भन्ने मलाई लाग्छ। केही गरी यो बाट भएन भने अर्को गठबन्धन बन्छ।

चित्रबहादुर केसी मन्त्री बन्ने कि नबन्ने ?
त्यो पार्टीमा निर्णय भएको छैन। नेपाली जनताले राष्ट्रिय जनमोर्चालाई त्यो म्यागनेन्ट दिएका छैनन्। राजनीति गर्ने मान्छेले जनताको इच्छा आकांक्षा आवश्यकता पुरा गर्नु पर्दछ। अहिले गठबन्धनले गरेको कामलाई जनताले खबरदारी गरेका छन् र त यो अध्यादेशको आलोचना भएको छ।

नेपाली कांग्रेसले संसदीय दलको नेता जो बनाउँछ त्यही प्रधानमन्त्री हुने हो ?
त्यो नियम नै हो। गठबन्धन भित्रै बाट प्रधानमन्त्री हुने कुरा हुन्छ। हामी जसको सरकार बने पनि राम्रो गरे साथ दिन्छौँ। नराम्रो काम गरे खबरदारी गर्छौ।

नयाँ सांसदबाट पुराना चेपिएका हुन् ?
केही डर चाहिँ होला। चेपिएको जस्तो मलाई लाग्दैन। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता) – प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ४४ बजे

अग्नि सापकोटाविरुद्ध मुद्दाको फैसला सुनाउने तयारी

काठमाडौं– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च

लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने 

काठमाडौं– सुपरमादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य नाफाबाट

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २

लुटपाटको अभियोगमा पक्राउ

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जना पक्राउ