श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा « Khabarhub

श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मख्तूमले आफ्नी छैटौं श्रीमती राजकुमारी हाया बिन्त अल हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका छन्।

जोर्डनका राजाकी सौतेनी बहिनी हायाले दुबईका शासकसमेत रहेका श्रीमान बिन रशिद अल मख्तूमलाई छोडेर दुबईबाट लन्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको हो ।

अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध मुद्दा दायर गरेसँगै उनले हायाले छाडेर जानु कारण र हयासँगको व्यवहारका बारेमा अदालतमा बताउनुपर्ने भएको छ।

शेखका श्रीमतीहरुबाट २३ छोराछोरीहरु रहेको टेलिग्राफले जनाएको छ। तीनै छोराछोरीमध्ये शिखा लतिफा आश्चर्य रुपमा दरबार फर्केपछि हायाले दुबई छाडेको हुन सक्ने अनुमान गरिएको थियो।

अदालतमा शेख र हयाको तर्फबाट भएका दुई सन्तानको स्वामित्वलाई लिएर पनि बहस हुन सक्ने अनुमान गरिएको छ लतिफाले आफूलाई दरबारभित्र कैदीका रुपमा राखिएको भन्दै २०१८ मा डुंगाबाट संयुक्त अरब इमिरेट्स छोडेकी थिइन्। उनलाई पछि भारतको जलसेनाको टोलीले फेला पारेको थियो। गत डिसेम्बरमा उनले आफ्नो परिवार सहित नयाँ भिडियो पोस्ट गरेकी थिइन्।

अदालतमा बहसका क्रममा लटिफाले त्यो बेला लगाएको आरोपका बारेमा पनि चर्चा हुन सक्ने भएकाले यसलाई संयुक्त अरब इमिरेट्सको राजकिय परिवारको इज्जतसँग जोडिएको विषय रहेको बताइएको छ।

राजकुमारी हया हाल बेलायतमा रहेको इमराती शाही परिवारको ५८ मिलियन युरो पर्ने घरमा बसिरहेको अनुमान गरिएको छ । बेलायती राज परिवारसँग राम्रो सम्बन्ध रहेको हायाले बेलायतमा असाइलम (शरणार्थी) का लागि निवेदन दिन सक्ने बताइएको छ।

शेखले बेलालयको ‘लन्डन फेमिलि कोर्ट’ मा हाया विरुद्ध मुद्दा दायर गरेको समाचारहरुमा जनाइएकोछ। प्रेडिड्न्ट अफ डिभिजनको अगाडी सो मुद्दाको सुनुवाई तय भएको र जुलाई ३० मा मुद्दा माथि बहस हुने बताइएको छ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : ४१ बजे

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके– जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै

मुग्लिन–पोखरा सडक छिटो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

मुस्ताङ– मुस्ताङको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ ।