कुसल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाललाई दोस्रो जीत | Khabarhub Khabarhub

कुसल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाललाई दोस्रो जीत


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जीत हात पारेको छ ।

मलेसियाको किन्नरा ओभलमा भएको खेलमा नेपालले सिंगापुरलाई २सय१७ रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको ३सय२७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा सबै विकेट गुमाएर मात्रै १सय९ रन मात्रै बनाउन सक्यो ।

सिंगापुरलाई १०९ रनमा रोक्न नेपालका कुसल मल्लले उत्कृष्ट बलिङ गरे ।

उनले सिंगापुरका ४ विकेट लिँदा सिंगापुर कमजोर भएको थियो । सिंगापुरका लागि १०९ रन बनाउने क्रममा हरी कुकरेजले ३० रन बनाउँदा कनुसामी सतिसले २४ रन र चन्दमुली श्रीदेवले २३ रन बनाए ।

सिंगापुरविरुद्ध मल्लले ४ विकेट लिँदा तिलक राज भण्डारीले २ विकेट लिए भने राशिद खान र सागर ढकालले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्यटिङ गरेको नेपालले निर्धारीत ५० ओभरको खेल पूरा खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो । नेपालका लागि रित गौतम र खड्क बहादुर बोहराको साझेदारी उत्कृष्ट रह्यो ।

रित गौतम र खडकले १३१ रनको साझेदारी खेलेका थिए ।

ओपनिङ ब्याट्सम्यान रित गौतमले शतक प्रहार गरे । उनले १३७ बलमा १० चौका र १ छक्काको मतद्दामा १ सय १५ रनको उत्कृष्ट पारी खेलेका थिए ।

त्यस्तै, तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका खडकले ९० बलमा १२ चौकाको मद्दतमा ९० रन बनाएका थिए ।

यस्तै, कुसल मल्लले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ५१ रन बनाए ।

उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए भने पवन सरार्फले ४५ रन बनाएका थिए । नेपालविरुद्ध सिंगापुरका भिनित चित्तेस महेता र पर्नव सुदर्शन राजेश कृष्णले समान दुई–दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : २५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी