अमेरिकामा सैनिक परेड आयोजना « Khabarhub

अमेरिकामा सैनिक परेड आयोजना


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकमा स्वतन्त्रता दिवसका दिन बिहीबार राजधानी वाशिंटन डीसीमा सैनिक परेड आयोजना गरिएको छ ।

राजधानी डीसीको लिंकन स्मारकमा ‘सल्यूट टू अमेरिका’ नाम दिइएको परेडमा लडाकु विमान, सैनिक र दुई अब्राहम ट्यांकले कौशल देखाएका थिए । त्यस्तै, परेडमा आतिसबाजी र साङ्गीतिक प्रस्तुती पनि राखिएको थियो ।

निलो, रातो र सेतो रंगमा सजिएका हजारौं सहभागी परेडलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाका बहादुर महिला र पुरुषलाई सम्मान प्रकट गरेको जनाएका छन् । उनले अमेरिकाको स्वतन्त्रता र अपूर्व विशेषताको समेत चर्चा गरे ।

विपक्षीले भने उक्त परेडबाट राष्ट्रपतिले राजनीतिक फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । डेमोक्रयाटिक पार्टीका नेताहरु सहित उनको आफ्ने रिपब्लिकन पार्टीका केही नेताहरुले समेत ट्रम्पको सैनिक परेडको आलोचना गरेका हुन् । उनीहरुले ट्रम्पले राष्ट्रिय दिवसलाई आफ्नो फाइदाको लागि उपयोग गरेको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ४ : ०४ बजे

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार