पहिराले विद्युत् गृह बगाएसँगै अन्धकारमा मामांखे गाउँ « Khabarhub

पहिराले विद्युत् गृह बगाएसँगै अन्धकारमा मामांखे गाउँ


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरू पनि विगतका दिन पक्कै सम्झिन्छाैँ होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराऊँला । अहिले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मामांखे गाउँमा पुगे भने यहाँले विगत सम्झिन सक्नेछन् । 

गत साता मात्र मामांखेका मन कुमारी लिम्बू साँझमा एउटा टुकी बालेर पारिकाका लागि खाना पकाउँदै थिइन् । घरभित्रको टुकीले आधा भाग पनि उज्यालो प्रकाश दिन सकेको थिएन । टुकीको वरिपरि मात्र केही उज्यालो थियो । सँगसँगै बसेका परिवारलाई अँध्यारोमा चिन्न पनि मुस्किल हुथ्यो । आँखाले देख्न नसके पनि आवाजबाट भने पहिल्याउन सकिन्थ्यो । 

घरभित्रको टुकीले केही उज्यालो प्रकाश दिए पनि घरबाहिर भने अँध्यारो नै थियो । केही छिमेकीको घर छेउमा बालेको आगो ताप्दै छिमेकीहरु विगतका आफ्ना कथा एक–आर्कालाई सुनाउन व्यस्त हुन्थ्ये । आकासमा ताराहरु चम्किरहेकाले थोरै भए पनि उज्यालो दिएको थियो । 

मामांखे गाउँको यो दृश्य प्रतिनिधिमूलक  घटना मात्र हो । सिरिजङ्गा गाउँपालिका–५ पेदाङ र ६ मामांखे गाउँमा पाँच सय घर परिवारको व्यथा अहिले पनि उस्तै छ । गत आसार ३ गते अविरल वर्षाका कारण पहिराले लघु जलविद्युत् गृह बगाएसँगै पाँच सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएको खाकसेवा खोला लुघ जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताए  । सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरुपमा विस्थापित हुन पुगेको थियो । अहिले उनीहरूलाई जिल्ला प्रशासनमार्फत पुनःस्थापित गराउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गत असार ३ गते पहिराले विद्युत् गृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा ढुङ्गेयुग जस्तै अन्धकारमा बस्नुपर्ने बाध्य हुनु परेको वडा नं ६ का हर्कबहादुर लिम्बूले बताए । गाउँमा आपत विपत पर्दा र मानिस  बिरामी पर्दा बिजुली बत्तीको अभावले  बढी समस्या हुने गरेको उनको भनाइ थियो । मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तहरुसँग कुराकानी  गर्नसमेत समस्या हुँदै आएको मामांखेका सुने लिम्बूले बताए । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न पुगेको स्थानीयवासीको गुनासो थियो  ।

विद्युत् गृह राख्ने ठाउँ नै नरहने गरी बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युत् गृह निर्माण गर्न  समस्या भएको खाकसेक्वा खोला लघु जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताए। उनले भने, ‘हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्वेक्षण गरायौँ  तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाल्यो । गाउँपालिकाले उपलब्ध गराएको बजेट पनि नपुग्ने भएपछि त्यतिकै छोड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन ।’

पहिराले बगाएको विद्युत् गृह पुनः निर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत लाइन  जोड्ने पेदाङवासीको  योजना रहेको  खाकसेक्वा खोला लुघु जलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताए । ‘खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न ठूलो खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ  जोड्न लागिएको छ’, उनले भने, ‘राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि लागि पोलहरु गाड्ने, तार तान्ने काम हुन आँटेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।’ पहिराले बगाएको विद्युत् गृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै  ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले बताए । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : ३६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा