सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला सुरु « Khabarhub

सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला सुरु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला सुरु गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको थियो ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताए। उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्चाइने उल्लेख गरे ।

जानकी गाउँपालिका शिक्षा शाखाकी अधिकृत कृष्णा भण्डारीले गुणस्तरीय शिक्षाको विकासका लागि मेला आयोजना भएको जानकारी दिए । उनले विद्यार्थीको पठनपाठन सीप क्षमतालाई वृद्धि गर्न नियमित कार्यक्रमको रुपमा सञ्चालन भएको बताए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : १२ बजे

एमालेको बन्दसत्र : बनेन अध्यक्ष मण्डल, ओली एक्लै सञ्चालक (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेहरूलाई

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल

काठमाडौं महानगरपालिकाको रैथाने मौलिक खाद्य मेला २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकोले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ