हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार « Khabarhub

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहोर्‍याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ ।

सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गरे। उनलाई कदरस्वरूप मन्त्री श्रेष्ठले आफूले पाउने एक महिनाको पारिश्रमिकसहित सम्मान गरेका हुन् ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले शेर्पाको कार्य वर्तमान आरोही पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए।  साथै विश्वमा नेपालको पर्वतीय पर्यटन प्रबर्द्धनमासमेत सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्रालयले ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गत असोज ११ गते पनि आरोही शेर्पालाई सम्मान गरेको थियो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नूरु शेर्पाले नेपाली आमसञ्चार माध्यमले पर्वतारोहणको विषयलाई कम प्राथमिकता दिने गरेको गुनासो गरे ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ४ : ५९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते