खयरभट्टीमा विद्युतीकरणका लागि बजेट स्वीकृत « Khabarhub

खयरभट्टीमा विद्युतीकरणका लागि बजेट स्वीकृत


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको खयरभट्टी क्षेत्रमा २२ किलोमिटर विद्युतीकरणका लागि बजेट स्वीकृत भएको छ। खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि ३ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको सांसद नमुना केसीले जानकारी गराइन् ।

विद्युतीकरणका लागि नेपालगन्ज विद्युत वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहित काठमाडौं पुगेकी नमुनाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फाइल पेश गरेकी थिइन्। काठमाडौँमा रहेकी नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि बजेट पारित भएको बताइन्।

नरैनापुर र राप्तीसोनारीका अन्य क्षेत्रमा विजुली पुर्‍याउन सफल भए पनि खयरभट्टीमा अहिलेसम्म विद्युतीकरण भएको थिएन।

खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाइन’ र ४.३ मिटर वितरण लाइन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको उनले जानकारी गराएकी हुन्।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ७ : ३५ बजे

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

चितवन – आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक