गण्डकी सरकारले प्रदेशका सबै अस्पताल स्तरोन्नति गर्ने « Khabarhub

गण्डकी सरकारले प्रदेशका सबै अस्पताल स्तरोन्नति गर्ने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ। आफ्नो मातहतमा रहेका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्न लागेको हो। यहाँ प्रदेश मातहत रहेका सबै अस्पतालको क्षमता ३१५ बेड मात्रै छ। त्यसलाई बढाएर ९ सय पुर्‍याउने तयारी स्वास्थ्य मन्त्रालयको छ।

उक्त प्रश्ताव बुधबारको मन्त्रिपरिषद् बैठकमा पास भएको हो। तर, आर्थिक दायित्व बढी हुने भन्दै थप अध्ययन गर्नुपर्ने प्रस्ताव छ। ‘१५ शय्यालाई २५, २५ लाई ५० बनाउने प्रश्ताव हो। बनाउन सके राम्रो हुन्छ,’ प्रबक्ता मणिभद्र शर्माले भने, ‘अहिले अध्ययन गर्नुपर्छ भन्ने निर्णय भएको छ। नीतिगत रुपमा पास भएको छ। यो सबैका लागि राम्रो निर्णय हो।’

तर, कति खर्च लाग्छ भन्ने कुनै टुंगो छैन। कार्यकालको अन्तिममा नयाँ सरकारलाई बढी बोझ हुने निर्णय गर्न नहुने अधिकांश मन्त्रीहरुको सुझाव थियो। त्यसैले बजेटमा नगई नीतिगत निर्णयमात्रै गरिएको शर्माले सुनाए।

उनका अनुसार ५० शय्याको धवलागिरी अस्पताल २ सय बेडको हुने छ। अन्य अस्पताल पनि सोही अनुपातमा स्तरवृद्धि हुने सरकारले जनाएको छ। मन्त्रिपरिषद् बैठकले पर्यटनसम्बन्धी कार्यविधि पास गरेको छ।

जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयलाई नै पर्यटनको कार्यालय मान्ने गरी प्राविधिक नियुक्त गर्ने निर्णय भएको हो। यसबाहेक प्रदेशको दलित सशक्तिकरण कार्यविधि पनि मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ११ : ०४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो