चीनमा कोभिड बढेपछि डब्लूएचओ चिन्तित « Khabarhub

चीनमा कोभिड बढेपछि डब्लूएचओ चिन्तित


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरको बारेमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन्। डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीव्र पार्न पनि आग्रह गरेको छ।

‘गम्भीर रोगको बढ्दो रिपोर्टसँगै चीनको विकसित अवस्थाको बारेमा डब्लूएचओ धेरै चिन्तित छ’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले साप्ताहिक पत्रकार सम्मेलनमा भने। उनले रोगको गम्भीरता, अस्पताल भर्ना र गहन हेरचाह आवश्यकताहरूको विस्तृत जानकारीको लागि अपिल गरे।

‘डब्लुएचओले चीनलाई देशभरि उच्च जोखिममा रहेका मानिसहरूलाई खोप लगाउने प्रयासमा ध्यान केन्द्रित गर्न सहयोग गरिरहेको छ र हामी क्लिनिकल हेरचाह र यसको स्वास्थ्य प्रणालीको सुरक्षाको लागि हाम्रो समर्थन प्रस्ताव गर्न जारी राख्छौं’,  उनले थपे।

सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको सुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १२ : ०१ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा