निर्वाचन प्रणालीमा आवश्यक सुधार गरिने « Khabarhub

निर्वाचन प्रणालीमा आवश्यक सुधार गरिने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षण गर्ने संस्था  र अनुगमनकर्तालगायतबाट आउने सुझावसमेतका आधारमा आगामी दिनमा निर्वाचन प्रणालीमा आवश्यक नीतिगत र कानुनी सुधार गरिने बताएका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणबारे पूर्वन्यायाधीश फोरमको प्रतिवेदन आज बुझ्दै प्रमुख आयुक्त थपलियाले विद्यमान संरचना, कानुन र नीतिभित्र रहेर गर्न सकिने सुधार यहीभित्रबाट र गर्न नसकिने सुधार कानुन संशोधन गराएर गर्न आयोगले तयारी गरेको बताएका हुन् । उनले निर्वाचन कानुन, व्यवस्थापन र प्रक्रियाका सम्बन्धमा देखिएका सवाल तथा अन्योलबाट स्पष्ट हुँदै क्रमशः सुधारको बाटोमा जान पूर्वन्यायाधीश फोरमले दिएका सुझाव मनन् गरिने पनि उल्लेख गरे ।

प्रतिवेदन बुझाउँदै फोरमका अध्यक्ष टोपहादुर सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी दिनका लागि सुधार्नुपर्ने पक्षमा सुझाव प्रस्तुत गरेका थिए । निर्वाचनमा फोरममा आबद्ध ३२ पूर्वन्यायाधीशले विभिन्न १५ जिल्लामा पर्यवेक्षण गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  २ : ५८ बजे

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन