सियारीमा राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने « Khabarhub

सियारीमा राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको सियारी गाउँपालिकाले चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको छ ।  सियारी गाउँपालिकाको आयोजनामा  शुत्रबारदेखि शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो । 

विद्यार्थीहरूको बौद्धिक तथा शारीरिक क्षमता वृद्धि गर्ने तथा उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शैक्षिक महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।  उनले पालिकाभित्रका ४० विद्यालयका १ सय २ खेलाडीले विभिन्न खेलमा भाग लिने बताए । सियारी भित्र २५ सामुदायिक, १२ संस्थागत र ३ धार्मिक विद्यालयमा  १२ हजार बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । 

शैक्षिक महोत्सवमा बौद्धिक तथा शारीरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए ।  महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अंग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिबल, कवड्डी लगायतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए । 

कार्यक्रम पब्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन् । कार्यक्रम ८ गतेदेखि १४ गतेसम्म चल्ने छ । महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका खेलकुद उपसमिति संयोजक गोपाल ज्ञवालीले जानकारी दिए । बौद्धिक कार्यक्रम पब्लिक माविमा तथा शारीरिक कार्यक्रम जनता माविमा हुने छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ७ : ३८ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (लाइभ)

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको