काठमाडौँका १४ हजार विद्यार्थीले सिके बाटो काट्दा ध्यान दिनुपर्ने नियम | Khabarhub Khabarhub

काठमाडौँका १४ हजार विद्यार्थीले सिके बाटो काट्दा ध्यान दिनुपर्ने नियम


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको ट्राफिक सचेतना कक्षमा १४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहाँका ७१ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो ।

काठमाडौँ महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान पु¥याउनुपर्ने एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा सिकाइएको थियो ।

कूल ८९ सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने उद्देश्यले गत मङ्सिर १५ गतेदेखि सुरु गरिएको यस अभियानमा ७१ वटा विद्यालयमा कक्षा सञ्चालन गरिएको र बाँकी रहेका विद्यालयमा पनि निकट भविष्यमै कक्षा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

विद्यार्थीहरूले सिकेका सडक सुरक्षासम्बन्धी ज्ञान उनीहरूका साथीभाइ र अभिभावकसम्म फैलिने तथा विद्यार्थीहरू भावी सवारी चालकसमेत भएकाले सानो उमेरमा सिकेका कुराले दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

विद्यार्थीले लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउँदा पनि कतिपय दुर्घटनामा पर्ने गरेको यसअघिका तथ्य देखाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : ५० बजे

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली  प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी– वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि