अग्निपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय « Khabarhub

अग्निपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा जनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई संयोजकत्वको विपद् व्यवस्थापन समितिले गाउँपालिका अध्यक्ष संयोजकत्वको विपद् व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा राहत तथा क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो।

बैठकले आगलागी पीडितको सहयोगार्थ संकलन हुने राहत एकद्वार प्रणालीमार्फत संकलन र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ। बाक्सिला बजारमा आगलागीमा पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : १५ बजे

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ

काठमाडौं -भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको

मानवअधिकार आयोगको प्रतिवेदन माग्दै धर्ना बसेका युवालाई प्रहरीले उठायो

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक

देशभर ३ हजार बढि निःशुल्क बेड उपलब्ध, प्रयोगमा १ सय ३५ मात्रै 

काठमाडौं– विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरीका सरकारी

ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका

सरकारलाई घेर्ने तयारीमा विपक्षी दल, पहिलो बैठकमै प्रश्न उठाउने

काठमाडौं– सोमबार बस्न लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी