आफू मन्त्रालयमा आएपछि बजेट वृद्धिसँगै प्रभावकारी कार्यक्रम ल्याइएको मन्त्री रेग्मीको दाबी  « Khabarhub

आफू मन्त्रालयमा आएपछि बजेट वृद्धिसँगै प्रभावकारी कार्यक्रम ल्याइएको मन्त्री रेग्मीको दाबी 


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू मन्त्रालयमा आएपछि बजेट वृद्धिका साथै अन्य धेरै प्रभावकारी कार्यक्रम ल्याइएको बताएकी छिन् ।

मन्त्री रेग्मीले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चौँध महिनाको अवधिमा मन्त्री रेग्मीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताको क्षेत्रमा प्रभावकारी काम भएको र बजेट पनि बृद्धि गरिएको दावी गरिन् । आफ्नो कार्यकालमा ‘महिला पहिला’ भन्ने कार्यक्रम बजेटसहित व्यवस्था गरिएको र उक्त  कार्यक्रम महिलालाई घरभित्र देखि समाज हुँदै राजनैतिक दल र राज्य सत्ता सम्म पहिला बनाउने अभियान भएको उनले बताइन् ।

त्यस्तै मन्त्री रेग्मीले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला १३२ जनाको उद्धार गरिएको र ‘घरैबाटै सुरु गरौँ महिला हिंसा  अन्त्य गरौँ’ भन्ने नाराका महिला हिंसा विरुद्धको अभियान चलाइएको जानकारी दिइन् । बालबालिका सम्बन्धी नीति तयार गरी मन्त्रिपरिषद्बाट पास भइसकेको भन्दै उनले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि  सिआरसीको छैटौँ सातौँ आवधिक प्रतिवेदन तयार गरी मन्त्री परिषद्बाट स्वीकृत गरी संयुक्त राष्ट्र सङ्घमा पेस गरिएको उनले बताइन् ।

मन्त्री रेग्मीले आफ्नो कार्यकालमा स्थानीय तहले  ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गर्नु पर्ने कानून बनाइएको जिकिर गरिन् ।

त्यसैगरी उनले अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय  नीति २०७९ पास गरेको, अपाङ्गता ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरिएको जानकारी दिइन् ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : २४ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको