आफू मन्त्रालयमा आएपछि बजेट वृद्धिसँगै प्रभावकारी कार्यक्रम ल्याइएको मन्त्री रेग्मीको दाबी  | Khabarhub Khabarhub

आफू मन्त्रालयमा आएपछि बजेट वृद्धिसँगै प्रभावकारी कार्यक्रम ल्याइएको मन्त्री रेग्मीको दाबी 


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू मन्त्रालयमा आएपछि बजेट वृद्धिका साथै अन्य धेरै प्रभावकारी कार्यक्रम ल्याइएको बताएकी छिन् ।

मन्त्री रेग्मीले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चौँध महिनाको अवधिमा मन्त्री रेग्मीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताको क्षेत्रमा प्रभावकारी काम भएको र बजेट पनि बृद्धि गरिएको दावी गरिन् । आफ्नो कार्यकालमा ‘महिला पहिला’ भन्ने कार्यक्रम बजेटसहित व्यवस्था गरिएको र उक्त  कार्यक्रम महिलालाई घरभित्र देखि समाज हुँदै राजनैतिक दल र राज्य सत्ता सम्म पहिला बनाउने अभियान भएको उनले बताइन् ।

त्यस्तै मन्त्री रेग्मीले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला १३२ जनाको उद्धार गरिएको र ‘घरैबाटै सुरु गरौँ महिला हिंसा  अन्त्य गरौँ’ भन्ने नाराका महिला हिंसा विरुद्धको अभियान चलाइएको जानकारी दिइन् । बालबालिका सम्बन्धी नीति तयार गरी मन्त्रिपरिषद्बाट पास भइसकेको भन्दै उनले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि  सिआरसीको छैटौँ सातौँ आवधिक प्रतिवेदन तयार गरी मन्त्री परिषद्बाट स्वीकृत गरी संयुक्त राष्ट्र सङ्घमा पेस गरिएको उनले बताइन् ।

मन्त्री रेग्मीले आफ्नो कार्यकालमा स्थानीय तहले  ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गर्नु पर्ने कानून बनाइएको जिकिर गरिन् ।

त्यसैगरी उनले अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय  नीति २०७९ पास गरेको, अपाङ्गता ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरिएको जानकारी दिइन् ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : २४ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।