१० वर्षसम्म फर्कन नपाउनेगरी चार्ल्स शोभराज ‘डिपोर्ट’ « Khabarhub

१० वर्षसम्म फर्कन नपाउनेगरी चार्ल्स शोभराज ‘डिपोर्ट’


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुख्यात अपराधी चार्ल्स शोभराजलाई १० वर्षसम्म फर्कन नपाउनेगरी ‘डिपोर्ट’ गरिएको छ । सर्वोच्च अदालतको फैसलासँगै जेलमुक्त भएका उनलाई शुक्रबार फ्रान्स फिर्ता पठाइएको हो ।

काठमडौँस्थित त्रिभुवन विमानस्थलबाट बेलुकी साढे ६ बजेको फ्लाइटमार्फत् उनलाई फ्रान्स डिपोर्ट गरिएको हो । नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर उनलाई डिपोर्ट गरेको हो ।

केन्द्रीय कारागारबाट छुटेपछि उनलाई शुक्रबार नै अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।

दुई विदेशी नागरिकको हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर भएर उनी विगत १९ वर्षभन्दा लामो समयदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

उनलाई बुधबार सर्वोच्च अदालतले रिहा गरी १० वर्षसम्म फर्कन नपाउनेगरी स्वदेश फर्काउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ०३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन