कांग्रेस गण्डकी संसदीय दल चुनाव १५ पुसमा हुने | Khabarhub Khabarhub

कांग्रेस गण्डकी संसदीय दल चुनाव १५ पुसमा हुने


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पूर्वीनवलपरासी– नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको निर्वाचन आगामी मंगलबार हुने भएको छ। निर्वाचनका लागि कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा शुक्रबार ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

समितिका अन्य सदस्यमा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्रीद्वय रमेश पाण्डे, कोपिला रानाभाट र अधिवक्ताद्वय फणीन्द्र कोइराला र मणि दाहाल रहेका छन् । संसदीय दलको चुनाव पुस १२ गते मंगलबार हुने उनले बताए । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सदस्य रहेका छन् । १८ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने ९ जना समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका हुन् । 

प्रदेशसभामा संसदीय दलको नेता हुन गोर्खाका सुरेन्द्र पाण्डे, पूर्वी नवलपरासीका महेन्द्रध्वज जिसी र कास्कीका बिन्दुकुमार थापा आकांक्षी देखिएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ४१ बजे

ताप्लेजुङका किसान बँदेलबाट पीडित

फुङ्लिङ– सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य

ध्वस्त संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले गत साता चलेको जेन-जी प्रदर्शन

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु

ताइपेई– व्यापार, राष्ट्रिय सुरक्षा र सामाजिक सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी

मनिषाकाे तीन वर्षअघिको धर्मनिरपेक्षतासम्बन्धी भिडियो भाइरल 

काठमाडौं– नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उत्रिएका युवा प्रदर्शनकारीमाथि

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं– विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम