छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको लागूऔषधसहित ६ जना पक्राउ


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ परेका प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार विदेशीहरु भने अन्तरदेशीय लागूऔषध तस्करमा सक्रिय रहेको पाइएको छ । त्यसमा विदेशी महिलासमेत रहेका छन् । ती महिला फरकफरक मुलुकबाट आएर नेपाललाई ट्रान्जिट बनाइ लागूऔषध कारोबार गर्न खोजेका खुलेको छ । यस्ता तस्करले नेपालीलाई प्रयोग गरेर लागूऔषध कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार एउटा घटनामा अवैध लागूऔषध ३३ किलो चरेशसहित चार जना पक्राउ परेका छन् । प्रहरीले आज सार्वजनिक गरेको पहिलो घटनाअनुसार भारतीय नागरिकसहितको मिलेमतोमा चार जना मिलेर चरेस तस्करी गर्न लाग्दा चार जना पक्राउ परेका छन् ।

काठमाडौँबाट विदेशमा लागूऔषध चरेसको तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ देउराली सडक किनाराबाट सोही ठाउँ बस्ने अल्कबहादुर तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट बा १९ प ३८०४ नम्बरको मोटरसाइकलको पछाडि सुटकेसभित्र लुकाइ ल्याएको अवस्थामा १० किलो चरेस बरामद गरिएको थियो ।

तामाङसँग थप अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध धादिङबाट काठमाडौँ ल्याइदिने थाक्रेका २७ वर्षीया स्यानी चेपाङ र सोही ठाउँकी पम्फे चेपाङलाई पनि पक्राउ गर्न सफल भएको खड्काले बताए । त्यसपछि तीनै जनासँग गरिएको अनुसन्धानकाक्रमा नेपालबाट उक्त लागूऔषध भारतसम्म पुयाउने सक्रिय रहेको पाइएपछि मिलेर भारतमा चरेस कारोबार गर्ने गरेको खुलेको थियो । सो क्रममा काठमाडौँको नागर्जुन बस्ने भारतका शर्राफ ग्याल्ट्सेनसमेतलाई पक्राउ गरिएको छ । उनले आफ्नो सुटकेसको तल फल्स बटम बनाएर चरेश तस्करी गर्न लागेको समयमा तीन वटा सुटकेस बरामद गरिएको थियो । उनीहरुलाई लागूऔषध ऐन २०३३ को कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

त्यस्तै लागूऔषध कारोबारमा सङ्लग्न रहेका दुई विदेशी महिलालाई पनि पक्राउ गरिएको व्यूरोका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : २४ बजे

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)