सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन | Khabarhub Khabarhub

सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। 

कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सांसदहरूको हस्ताक्षर भइसकेको जानकारी दिए। 

माओवादी सांसद माधव सापकोटाले सांसदहरूलाई बोलाएर माइन्युटमा हस्ताक्षर गराउने क्रम जारी रहेको बताए। सत्ता गठबन्धन दल कांग्रेसका ८९, माओवादी केन्द्रका ३२ र एकीकृत समाजवादीका १० जना सांसद रहेका छन्। 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १ : २६ बजे

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज