बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि « Khabarhub

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ ।

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी- २० हुने परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।

मूलपानी क्रिकेट मैदानमा श्रृंखलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइने छ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ ।

बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको  छ ।

नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान  पुर्‍याउने उद्देश्यले श्रृंखला आयोजना गर्न लागिएको सदस्य-सचिव भण्डारीले बताए ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ५ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै