बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि « Khabarhub

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ ।

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी- २० हुने परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।

मूलपानी क्रिकेट मैदानमा श्रृंखलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइने छ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ ।

बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको  छ ।

नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान  पुर्‍याउने उद्देश्यले श्रृंखला आयोजना गर्न लागिएको सदस्य-सचिव भण्डारीले बताए ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ५ : २४ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण