यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम « Khabarhub

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज सन् २०२२ को डिसेम्बर २५ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम

रोमानियाका राष्ट्रपतिलाई मृत्युदण्ड
सन् १९८९ मा रोमानियाका राष्ट्रपति निकोला सेउसेस्कु र पत्नी एलेनालाई मृत्युदण्ड दिइएको थियो । क्रान्तिपछि कम्युनिष्ट नेता सेउसेस्कुलाई  अपदस्थ गरिएको थियो ।

अफगानिस्तामाथि रुसी हमला
सन् १९७९ मा रुसद्वारा अफगानिस्तानमा आक्रमण सुरु भएको थियो ।  । ९ वर्ष लामो युद्धमा सोभियतविरोधी विद्रोही मुजाहिद्दीनले अमेरिका र अन्य पश्चिमी सहयोगीहरूबाट समर्थन प्राप्त गरेको थियो ।

जापानका १२४औँ सम्राट
सन् १९२६मा सम्राट सोवा भनेर चिनिने मिचिनोमिया हिरोहितो आफ्ना पिता सम्राट योशिहितोको मृत्युपछि जापानको १२४औँ सम्राट बने । हिरोहितो ६२ वर्षसम्म जापानका सम्राट रहे । उनी जापानको सबैभन्दा लामो समयसम्म शासन गर्ने सम्राट समेत बने ।

डिम्बग्रंथीको शल्यक्रिया
१८०९ मा अमेरिकी चिकित्सक एफ्राइम म्याकडोवेल डिम्बग्रंथीको ट्यूमर सफलतापूर्वक हटाएका थिए । रेकर्ड गरिएको पहिलो इतिहासमा उनी सो शल्यक्रिया गर्ने पहिलो व्यक्ति हुन् । उनलाई पेटको शल्यक्रियाको पिता भनेर चिनिन्छ ।

मुस्लिम तीर्थयात्रीको मृत्यु
१९७६ मा तीर्थयात्राबाट मक्का फर्किएका सयभन्दा बढी मुसलमानको डुंगा डुबेर मृत्यु भएको थियो।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : २२ बजे

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको