खेत जोत्ने क्रममा बालकको मृत्यु « Khabarhub

खेत जोत्ने क्रममा बालकको मृत्यु


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- घोराही उपमहानगरपालिका–१७ मा ट्याक्टरले खेत जोत्ने क्रममा एक बालकको मृत्यु भएको छ । सो क्रममा एक जना घाइते भएका छन् ।

ट्याक्टरले जोत्ने क्रममा चिप्लिएर ट्याक्टर पल्टँदा दुई बालक च्यापिएका थिए । च्यापिएका बालकको उद्धार गर्ने क्रममा एक जनालाई घाइते अवस्थामा र एक जनालाई मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी १४ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको थियो भने सोही ठाउँका ११ वर्षीय सुभास चौधरीको अवस्था गम्भीर रहेको बताइएको छ । सुभासको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बेलुकी करीब साढे ५ बजेको समयमा रा१त २९०१ नं.को ट्याक्टरले दुवै बालकलाई च्यापेको थियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : १६ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि