प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय « Khabarhub

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ ।

सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

सरकारमा सहभागी हुने भए पनि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय टुङ्गो लागिनसकेको उनले उल्लेख गरे । जनमत पार्टीमा छ सांसद छन् ।

छ दलीय गठबन्धनको नेतृत्व गर्दै माओवादी अध्यक्ष दाहाल आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सपथ भोलि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : १८ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१