प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय « Khabarhub

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ ।

सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

सरकारमा सहभागी हुने भए पनि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय टुङ्गो लागिनसकेको उनले उल्लेख गरे । जनमत पार्टीमा छ सांसद छन् ।

छ दलीय गठबन्धनको नेतृत्व गर्दै माओवादी अध्यक्ष दाहाल आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सपथ भोलि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : १८ बजे

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७